वामदेवको अभियान खारेज

निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकता अभियान) खारेज गरेको छ।
गौतमले आफैंले आयोगमा दिएको निवेदनका आधारमा पार्टी खारेज गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले आफ्नो नेतृत्वको एकता अभियान खारेजका लागि आयोगमा निवेदन दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टी नेपाल पनि आयोगमा दर्ता भएको छ। याेसँगै आयोगमा दर्ता दलहरूको संख्या १२५ पुगेको छ।
Jana Aastha





