भीम रावललाई भित्र्याउने कार्यक्रममा एमाले नेता पनि समाहित

नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहसहित ठूलो संख्यामा नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजित डाक्टर भीमबहादुर रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग एकता घोषणा कार्यक्रममा उनीहरू नेकपामा समाहित भएका हुन् । शाहसहित एमाले केन्द्रीय विभाग सदस्य रमेश कुँवर, उर्जा विभाग सदस्य, अनुशासन विभाग सदस्यसहित नेता-कार्यकर्तालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरे ।

एकता घोषणा कार्यक्रममा एमालेका अन्य नेता-कार्यकर्ता पनि नेकपामा ध्रुवीकरण हुने प्रक्रियामा रहेको जानकारी गराइएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म १२ वटा समूह एकीकृत भइसकेको अझै केही व्यक्ति तथा समूह थपिने सम्भावना देखिएको बताए ।

Jमी १२ वटा समूह एक ठाउँमा आइसकेका छौँ, केपी ओलीले हावा कुरा मात्रै गर्छन्’, उनले भने, ‘उनीबाहेक अरु सबै एमाले छाडेर यतै आउँछन् ।’

तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दश घटक शक्तिबीच कात्तिक १९ गते एकता घोषणा भएर नेकपा बनेको थियो । अन्य राजनीतिक समूह र व्यक्तिहरू पनि सो पार्टीमा प्रवेश गरिरहेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button