विशेष महाधिवेशनमा जानै हुन्न, पुसभित्रै नियमित महाधिवेशन गरौंः रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशनमा जानै नहुने बताएका छन् । जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्ना धारणा राख्दै लेखकले विशेष महाधिवेशनमा गए पार्टी एक नरहने बताएका हुन् ।

उनले पार्टीलाई एक राख्न पनि विशेष महाधिवेशनमा जान नहुने बताए । उनले विशेष महाधिवेशनका लागि माग गर्नेहरुको भावना सम्बोधन हुने गरी पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा जानु भनेको कांग्रेस त्यस्तो जंगलमा जानु हो, जहाँबाट निस्कने एउटै बाटो हुनेछैन, त्यहाँबाट निस्कँदा हामी अलग अलग बाटोमा हुनेछौँ । त्यसैले विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको हस्ताक्षर फिर्ता लिन भनौँ, उहाँहरूको भावना सम्बोधन हुने गरी पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ ।’

उनले क्रियाशील सदस्यताका कारण अझै पनि पुसभित्र महाधिवेशन गर्न सम्भव हुनेमा विश्वस्त हुन नसके पनि सदस्यता चाँडो टुंग्याउन सके सम्भव हुने बताए ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button