कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपकले निर्माण गरेका संरचनामा डोजर चलाएको छ । बिहीबार बिहान महानगर प्रहरी टोली डोजरसहित पुगेको थियो ।

त्यहाँ स्काउटको नाममा रहेको जग्गामा निर्माण गरिएका भवन तथा संरचना भत्काएको हो । कांग्रेस नेता खड्काले नेपाल स्काउटको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर लामो समयदेखि भाडा तिरेका थिएनन्। त्यसपछि नेपाल स्काउटले कात्तिक २० गते सूचना जारी गर्दै बक्यौता भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो ।

आज त्यो म्याद सकिएपछि स्काउटको आग्रहमा काठमाडौं महानगरले बल प्रयोग गर्दै संरचना हटाएको हो । नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण गरिएका सम्पूर्ण भवन र सामग्री जफत गर्ने निर्णयसमेत गरेको छ। साथै, बाँकी भाडा असुल नभए पूर्वमन्त्री खड्काको व्यक्तिगत सम्पत्तिबाटै उठाउने चेतावनी दिएको छ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button