थाइवान मामिलामा जापान सरकारको धारणाप्रति चीनको अडान

नोभेम्बर १३ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै थाइवान मामिला सम्बन्धी जापान सरकारको धारणाबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदा चीनको अडानलाई स्पष्ट रूपमा प्रकाश पार्नुभएको छ।
प्रवक्ता लीन च्येनका अनुसार, जापानी प्रधानमन्त्री ताकाइची सानाइले हालै काँग्रेसमा जथाभावी रूपमा थाइवान सम्बन्धी उत्तेजक धारणा निकालेर सशस्त्र शक्तिमार्फत थाइवान जल डमरू परिस्थितिमा मुछिने सम्भावनालाई संकेत दिनुभएको छ। उहाँको उक्त् गल्ती भनाइ र गराइले गम्भीर रूपमा एक मात्र चीन भन्ने सिद्धान्तलाई उल्लङ्घन गरेको मात्र नभई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै चीनको सार्वभौमिकताको पनि थिचोमिचो गरेको छ। चीनले त्यसको दृढताका साथ विरोध गरेको छ र सहन गर्न नसक्नेछ।
जापानले आफ्नो गल्तीलाई तत्काल सच्याएर गलत धारणा फिर्ता गर्नुपर्छ। नत्रभने सबै नतिजाको जापानले नै बेहोर्नुपर्छ। यदि जापानले सशक्त शक्तिमार्फत थाइवान जल डमरू परिस्थितिमा प्रवेश गर्न साहस गर्छ भने चीनले त्यसलाई कडा रूपमा प्रहार गर्नैपर्ने चेतावनी पनि प्रवक्ता लीन च्येनले दिनुभएको छ।
CGTN





