बालेन रक्षात्मक बन्नुका यस्ता छन् कारण

लहडमा सिंहदरबार जलाइदिन्छु भन्दै लेखेको एउटा स्टाटसकै आधारमा साँच्चै देशको शिर सिंहदरबार जल्यो । तर भदौ २४ गते सिंहदरबार जलेपछि सबैतिरबाट उनीमाथि जुन प्रश्न उठेको छ यसबाट काठमाडौँ महानगरका मेयर बालेन साह एकदमै रक्षात्मक बनेको उच्च सरकारी स्रोतको भनाइ छ ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’ २०८० भदौको तेस्रो साता बालेनले सामाजिक सञ्जालमा सो विवादास्पद स्टाटस लेखेका थिए । बिदाको दिन सरकारी गाडीमा हुइँकिएकी आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेको रिसमा बालेनले लेखेको सो स्टाटस केही दिनमा हटाए । तर आपराधिक र मनमा तुष लिएर बस्नेको मनबाट हटेन । ठ्याक्कै दुई वर्षपछि बालेनले भनेझै सिंहदरबार जलेर खरानी भयो । स्टाटसमा लेखेझैँ बालेनकै योजनाअनुसार जल्यो जलेन छानबिनले पुष्टि गरेको छैन । तर देशको सबैभन्दा प्रमुुख ठाउँ जलेको घटना आफैँंतिर सोझिने भएपछि बालेन तनाव, छट्पटी र पीडामा रहेको सरकारी उच्च स्रोतको भनाइ छ ।

‘जेहोस् यो सिंहदरबार जलेको कुरा बालेनलाई सधैँभरि बिझाइरहनुपर्ने एउटा प्रश्न यो । अब यो अरूको थाप्लोमाथि हालेर पनि पार लाग्ने अवस्था बनेन । त्यही भएर यो ‘लुसिफर’ भन्ने शब्द एकदम धेरै, एकैछिन, एकैचोटिमा पपुलर भयो । सरकारी स्रोतले भन्यो, ‘क्रान्तिकारीको भाषामा प्रतिक्रान्ति भन्छन् नि ! त्यसको टार्गेट आफू भइन्छ कि भन्ने कुराले बालेन तनावमा छन् । सिंहदरबार जलेकोदेखि लिएर अनेक कुराहरू जोडिएपछि क्रेज अलि घटेको जस्तो भयो, सबैतिरबाट प्रश्न उठेपछि उनी डिफेन्सिभ भएका छन् ।’निरन्तर प्रश्न उठेपछि बालेनले महानगरभित्र बत्ती, विद्यालय, छात्रवृत्तिजस्ता कुरामा सुधारको प्रचार नगरेका होइनन् । तर उनलाई सिंहदरबार जलेको चर्चा र लुसिफरजस्ता शब्दले लखेट्न छोडेन । यस्तै संकटका बीच फेरि गत शनिबार छिमेकी चीन, भारत, अमेरिकादेखि प्रमुख दललाई अश्लिल शब्दमा गाली गर्दै स्टाटस लेखेर हटाए । यो कुराले उनलाई झन् लखेटेको र रक्षात्मक बनाएको स्थिति छ । यही बेला काठमाडौँको फोहोरमैला उठाउन नसक्दा अर्को आलोचना खेप्नुपरेको छ ।
सिंहदरबारको तनावले मन्त्री फेर्ने, पार्टी खोल्ने कुरामा पनि बालेन इच्छुक नभएको उच्च स्रोत बताउँछ । ‘मन्त्री राख्ने फेर्ने कुरा उसको प्राथमिकतामा अहिले छैन । आफैँ समस्यामा छ । यस्तै हुँदा म कसैबाट परिचालित होइन है भन्ने देखाउन त्यस्तो स्टाटस लेखेका हुन्,’ स्रोत भन्छ, ‘नजिकका छिमेकीदेखि मित्रराष्ट्रलाई अश्लील गाली गरेपछि उनी थप रक्षात्मक बन्न पुगेका छन् ।’यति मात्रै होइन, सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल पुगेको दावी पनि बालेनले गरेका थिए । । तर उनको दाबी झुटमा परिणत भएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ललितपुरको दमकल बोलाएर तीन दिनपछि आगो निभाएको बताएपछि बालेन थप रक्षात्मक बन्न पुगे । दमकलको दावी पनि उनकै लागि प्रतिउत्पादक बन्न पुग्यो । सेनाले डिफेन्ड गरे पनि आखिर दमकलको दावी पनि झुटो ठहरिए । यसले पनि उनमा तनाव थपिएको छ ।

‘धेरै कुरा छ । सरकार आफूले भनेजस्तो नहुने, अनि परिवर्तन पनि आफूले भनेजस्तो नहुने, यसले गर्दा आफैँ डिफेन्सिभ भएर बस्नुपर्ने स्थिति बन्यो,’ स्रोतले भन्यो, ‘त्यसो भएको हुनाले सरकार अलि प्रोएक्टिभ्ली अगाडि बढोस्, गति बढाओस् भन्न थालेको छ ।’बालेन बालुवाटारमा एक्लै पुग्ने गरेकोसमेत स्रोतले बतायो । मुख्य सल्लाहकार कुमार बेन भए पनि साथमा लाने गरेको छैन । बालेनको घेरा नै असाध्यै साँघुरो रहेको स्रोतले बतायो।

केही दिनअगाडि प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग बालेन आफ्नो कुरा मात्रै सुनाउँछ भन्दिइन् । त्यसले समेत बिझाएको देखिएको छ । प्रधानमन्त्रीले अलि पेलेरै यसो नगर न, जिद्दी नगर न भन्दिनुभएको रहेछ । सम्पादकले भेटेको बिहान पनि फोनमा कुरा भएको थियो । मैले सम्झाएँ, के के भन्दै हुनुहुन्थ्यो’, सुरक्षा स्रोतले भन्यो ।

हरेक ठाउँमा चुक्दै गएपछि पार्टी बनाउन र थप प्रभाव जमाउन संघर्ष गरिरहेका बालेन उल्टै बदनाम छन् । ‘अहिले पार्टी बनाउन पनि कोहीसँग कुरा मिलेको छैन । ऊ यत्तिकै मेयरबाटै पतन हुन्छ कि जस्तो लाग्छ । हरेक पाइलामा विवादित हुने र चुक्ने, अरुमाथि हाबी हुन खोज्ने र अनुकूलताको लागि प्रधानमन्त्री पनि केही होइनन् भन्ने मान्यता राख्छ । अन्यत्र पनि त मेयर छन् तिनले  यस्तो अहंकार देखाएका छैनन्,’ स्रोतले भन्यो, ‘बालेनलाई मात्रै सुपर हुनुपर्ने । बालेनको ख्याति संसारभर थियो । इण्डियामा पनि, ‘नेक्स्ट प्राइम मिनिस्टर बालेन’ भनेको सुनिन्थ्यो । श्याम शरण र रञ्जित रेलेसमेत यस्तो भनेका थिए । तर अहिले आएर एकैपटक भारत, अमेरिका र चीनलाई एकैपटक अश्लिल गाली गरेपछि बालेन नांगिएका छन् । लहडमा केपी ओली र रमेश लेखकलाई समाइहाल भन्ने आकांक्षासमेत पूरा भएन । प्रधानमन्त्रीसँग भेट्दा पनि रुल अफ ल भन्दा बाहिरको कुरा गरेको भन्दै बालेन रक्षात्मक बन्न पुगे । यसैले उनलाई पार्टी खोल्ने र जभाभावी बोल्ने विकास निर्माणका काममा लाग्न मात्रै सुझाउनेहरू छन् ।

अर्का विवादास्पद पात्र दुर्गा प्रसाईंले कहिले थुन्ने, कहिले बचाउने कुरा गरेपछि बालेनलाई दुई घण्टा भेटेर आएकोसमेत स्रोत बताउँछ । तर बालेनलाई भेटेर आएकै रात दुर्गाले आलोचना गरिदिए । ‘पैसा नबुझ्ने र विकास निर्माण गर्छु भन्ने यी बालेनका दुइटा गुण राम्रा छन् । तर, अरू त अवगुणै अवगुण हो,’ स्रोतले भन्यो, ‘टिमका मान्छेहरूलेचाहिँ अलिअलि लटरपटर पार्ने काम गरेको सुन्छौं । यस्तैले उनलाई डुबाउन भूमिका खेलेका छन्् ।’ स्वकीय सचिवको रूपमा एउटा भूपदेव साह छन् । अर्का कुमार वेन सहयोगी छन् । तर बालेनले राम्रो टिम बनाएर सहयोग लिँदैनन् । कुरा सेयर गर्दैनन् । त्यसैले यिनमा चरम समस्या देखिन्छ ।

‘अमेरिकनले बालेनलाई हुरुक्कै गथ्र्यो । राजदूतले जहिले पनि भेट्न ‘बालेन इज प्रोमिसिङ लिडर’ भनिरहन्थे । तर, पछिल्लो अश्लील स्टाटसले आफैँं नै सबै कुरामा पानी खन्याए’ स्रोतले भन्यो । पार्टी गठनमा पनि बालेनले कुनै दल र नेतासँग प्रभावकारी वार्ता गरेनन् ।  ‘खासमा ओमप्रकाशलाई अगाडि लगाएर दल खोल्ने र आफूले पछाडिबाट सपोर्ट गर्ने तयारीमा थियो । तर ओमप्रकाशले तत्काल चासो दिएजस्तो लाग्दैन ।

बालेनको सल्लाहकार भए पनि ओमप्रकाशले गत आर्थिक वर्षको अन्त्यमा फाइलहरू ह्यान्डओभर गरेर फर्किएका थिए । बालेनलाई छोड्नको लागि ओमप्रकाशले रूपन्देहीको चुनाव लड्न जाने पनि बताए । तर भदौपछि परिस्थिति अर्कै बनिदियो । ‘परिस्थितिले दुइटैलाई आफ्नो आफ्नो अडानमा राख्न बाध्य पा¥यो । बालेनले तुरुन्तै नेतालाई पक्रिहाल भने । तर ओमप्रकाश रातारात ती काम गर्न सक्ने स्थितिमा छैनन्,’ स्रोतले भन्यो, ‘यसैले दुईको बीचमा तनावको स्थिति आएको हो । बालेनले ओमलाई गृहमन्त्रीबाट हटाउन खोजेको चर्चा पनि यसैले चुलिएको हो । बालेन युथहरूलाई ‘म गरिरा’छु’ भनेर देखाउन खोज्छन् । अनि यस्तै अश्लिल गाली गर्दा आफैँं रक्षात्मक बनिदिन्छन् ।’

ओमप्रकाशसँग पार्टी खोल्ने स्थिति नभएपछि बालेनका केही सहयोगी र शुभेच्छुकले कुलमान घिसिङलाई अगाडि लगाएर पार्टी खोल्न सुझाएका छन् । आफू नदेखिए पनि आफ्नो सद्भाव जस्तो देखिने गरी सुमना श्रेष्ठलाई त्यसमा अगाडि बढाउँदै छन् । तर सुमनालाई ल्याउनु भनेको रवि लामिछानेको काउण्टर गर्ने र रास्वपाभन्दा आफूहरू वैकल्पिक शक्ति रहेको देखाउने नियत मात्रै हो ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button