बालबालिकाको ‘सेन्टिमेन्ट’मा ‘नक्कली जेन जी’ द्वारा ‘ब्ल्याकमेल’ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘अनाधिकृत जेन जी’को संज्ञा दिएका छन्। पार्टी मुख्यालय च्यासलमा जारी विघटित प्रतिनिधिसभामा रहेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ‘सक्कली जेन जी’लाई ‘नक्कली जेन जी’ले भावनात्मक रूपमा ब्ल्याकमेल गर्दै सत्ता कब्जा गरेको दाबी गरे।

ओलीका अनुसार जेन जी आफैँमा मानवीय पुस्ता होइन। ‘जेनजी त कम्प्युटर र प्रविधि विकासको जेनेरेसन हो, तर मानवीय जेनेरेसन भनेर बच्चाहरूलाई सेन्टिमेन्टलमा ल्याएर वितण्डा मच्चाइयो,’ उनले भने, ‘अनाधिकृत रूपमा सत्ता कब्जा गरेका र गराइएकाहरूले देशलाई सामाजिक, आर्थिक, सांस्कृतिक—हरेक हिसाबले प्रतिकूल दिशामा लैजान खोजेका छन्। अत्यन्त अपराधपूर्ण कुराहरू सेन्टिमेन्टल ढंगबाट अगाडि सारियो।’

पूर्व प्रधानमन्त्री ओलीले ‘नेपोबेबी’ ट्रेण्डलाई बालबालिकाविरुद्धको अपराध करार गरे। उक्त ट्रेण्डका कारण अहिले बच्चाहरू स्कुल जानै डराउने अवस्था आइरहेको उनले बताए। ‘नेपोबेबी भन्ने अर्को ट्रेण्ड ल्याएर बालबालिकालाई आतङ्कित पारियो। अहिले बच्चाहरूलाई कसैले नेपोबेबी भनेर केही गर्ने हो कि भन्ने डरले स्कुल जानै नचाहने स्थिति छ,’ उनले आक्रोश पोख्दै भने, ‘बच्चाहरूलाई सबैले क्षमताअनुसार माया गर्छन्। बाबुआमाले अनुचित ढंगले कमाएका छन् भने पनि दोषी बाबुआमा हुन सक्छन्, बच्चाबच्ची दोषी हुँदैनन्।’

जेनजी प्रदर्शनका क्रममा इतिहासकै भडुवा गतिविधि गराइएको पनि ओलीले आरोप लगाए।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button