काँग्रेस नेताको ठहर : जेन जीको पहिलो निशानामा कुलमान

नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्यले तीन–तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङ जेन जीको कारबाहीको पहिलो निशानामा पर्नैपर्ने र पर्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै, कुलमान घिसिङले पार्टी खोलेर खुला राजनीतिमा लागेको हो नै भने उनी ‘गुण्डागर्दी शैलीमा खुलेआम जेन जी आन्दोलनको भावना विपरीत अगाडि बढेको’ पुष्टि हुन्छ भन्दै कडा टिप्पणी गरेका छन् ।

युवा नेता आचार्यले राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धामा जाने बाटोमा कुलमान लाग्नु सरकार, देश, जनता, जेनजी आन्दोलन मात्र नभई ‘स्वयम् कुलमानकै लागि घातक हुन्छ’ भन्ने दाबी गरेका छन् । कुलमान घिसिङको खुलेर प्रशंसा गर्दै आएका आचार्यले पहिलोपटक आज विरोध गरेका हुन् ।

उनले प्रश्न गरेका छन्, ‘अहिलेका सबै मन्त्रीले राजीनामा दिएर निर्वाचन लडे भने के होला ? कुलमानको देखासिखी हुन्छ कि हुँदैन ? सरकार के का लागि बनेको हो भन्ने पनि त सोच्नुपर्ला नि ? राजीनामा नै दिने हो भने, प्रधानमन्त्रीबाट सुशीला कार्कीले दिने हो—लण्ठै साफ !’

नेता आचार्यले फेसबुकमा दाबी गर्दै थपेका छन्, ‘यसपछिको परिस्थिति फरक होला, हुन्छ। आउने सरकारले गराएको चुनाव लड्दा सबैलाई ओके, नत्र सोच्नुस् प्रधानमन्त्री सुशीला कार्कीले समेत सबैभन्दा भरपर्दा मानिएका तीन–तीन वटा मन्त्रालय सम्हालेका कुलमान जेन जीको कारबाहीको पहिलो निशानामा पर्नुपर्छ र पर्नेछन् !’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button