चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने

सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताउनुभएको छ। पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उहाँले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताउनुभयो। चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उहाँको जोड थियो । तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ युए वर्षाले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गर्नुभएको लगानीन्यूज डटकमले जनाएको छ।

पूर्वमुख्यसचिव पौड्यालले आचार्यको पुस्तकमा चिनियाँ विकास नीतिको दस्तावेज समेटिएको सुनाउनुभयो। साथै, चीनले लोकतान्त्रिक पद्धतिलाई कसरी बुझ्छ र आफूले जनताका लागि कसरी काम गरेको छ भन्ने दृष्टिकोणको नालीबेली पुस्तकमा समेटेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रा.डा.सङ्ग्रौलाले भने छिमेकी मुलुक चीनको राजनीतिक, आर्थिक अवधारणालाई नेपालले सकारत्मक रूपमा लिएर यहाँको गरिबी निवारणमा सहकार्य गर्न अतिआवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी, चिनियाँ प्रोफेसर चाङ युएले चीन र नेपालको सम्बन्ध इतिहासदेखि नै सुन्दर रहँदै आएको र भविष्य पनि उज्ज्वल रहेको सुनाउनुभयो । कार्यक्रममा लेखक आचार्यले विश्वभर चीनको नीतिगत दृष्टिकोणको निकै चासो र चर्चाले हेर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालले पनि अध्ययन र चासो लिन आवश्यक छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button