आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दे शैलुङ

आन्तरिक पर्यटकको एक गन्तव्य हो ‘शैलुङ’ । सय थुम्को डाँडाँ हो ‘शैलुङ’ । तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’को थुम्के भन्ने बुझिन्छ यसै शाब्दिक अर्थबाट नै शैलुङ बनेको किम्वदन्ती छ ।

पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुर तथा तिब्बत क्षेत्रको हिमालको पनि अवलोकन गर्न सकिने सकिने शैलुङ समुन्द्री सतहबाट ३१५० मिटरमा अवस्थित छ । प्राकृतिक बनोटसँगै धार्मिक स्थलहरु पनि धेरै पाइन्छ, यहाँ भिमसेनको तरबारको आकृति, बुद्धको पाइला, गाई ढुङ्गा, बाघ ढुङ्गा, जुरे ढुङ्गाको आकृती सँगै अरु धार्मिक स्थलहरु पनि रहेका कारणले बाह्य तथा आन्तरिक पर्यटकहरु आकर्षक भइरहेको शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउनुहुन्छ ।

दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडाको ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ । शैलुङ पुग्न काठमाडौँबाट मुडे र चरिकोट हुँदै सिधै काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुढे बजार हुँदै शैलुङको कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button