चीनका परराष्ट्र मन्त्री वाङ यी-जापानका वर्तमान नेताले छुनु नहुने रातो रेखाको उल्लङ्घन

सन् २०२५ नोभेम्बर १९ तारिखदेखि २२ तारिखसम्म, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले सम्बन्धित् देशको निमन्त्रणामा किर्गिजस्तान, उज्वेकिस्तान र ताजिकिस्तानको भ्रमण गर्दै परराष्ट्र मन्त्री रणनीतिक संवादमा उपस्थित हुनुभएको छ र तीन देशहरूका नेताहरूसँग मैत्रिपूर्ण आदानप्रदान गर्नुभएको छ। सो भ्रमण सम्पन्न भएपछि वाङ यीले चिनियाँ मिडियालाई अन्तर्वार्ता दिनुभएको छ।

वाङ यीले व्यक्त गर्नुभयो कि केन्द्रीय हितबारेमा दृढताका साथ आपसी समर्थन गर्नुपर्छ, जुन चीन-मध्य एशिया साझा भविष्य समुदायलाई आवश्यकता छ। तीन देशहरूले सार्वजनिक रूपमा जोड दिएका छन् कि विश्वमा मात्र एक चीन छ र थाइवान चीनको भू-भागको अविभाजित भाग हो र कुनै पनि तरिकाको “थाइवान विभाजन”को विरोध गर्नुपर्छ। यो सामूहिक आवाजले फेरि स्पष्ट रूपमा देखाउँछ की एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समाजको अपरिवर्तनीय सहमति हो।

वाङ यीले जापानका वर्तमान नेताले थाइवान मुद्दामा सैन्य शक्तिबाट हस्तक्षेपको प्रयास गर्ने गलत संकेत सार्वजनिक रूपमा दिएको औँल्याउँदै छुनु नहुने रातो रेखा पार गरेको बताउनुभयो। चीनले दृढतापूर्वक प्रतिकार गर्नुपर्छ भन्दै उहाँले जोड दिनुभयो कि चीनले जापानलाई सकेसम्म चाँडो आफ्नो गल्तीहरू सच्याउन र भ्रमित नहुन आग्रह गर्दछ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button