चालुआर्थिकवर्षको प्रथम चौमासिकमा कोरला नाकाबाट भित्रिएचिनियाँ बिजुली गाडी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको बिजुली गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्ममा कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरका ३ हजार २०३ वटा ईभी (कार, भ्यान, जीप) नेपाल भित्रिएको हो ।
खासगरी उत्तर चीनतर्फबाट ठूलो मात्रामा ईभी आयात भइरहेको अवस्थामा पछिल्लोपटक उत्तरतर्फका दुईवटै नाका, तातोपानी भन्सार र रसुवागढी, टिमुरे भन्सारतर्फको बाटोको असहजताका बाबजुद पनि मुस्ताङको कोरला नाका हुँदै ईभी आयात भइरहेको छ, जसका कारण पछिल्लोपटक कोरला भन्सार कार्यालयको अन्तरदेशीय व्यापारमा वृद्धि भएको शिलापत्र डटकमले जनाएको छ।
विभागको तथ्यांकअनुसार गएको चार महिनामा मुस्ताङ भन्सार कार्यालयबाट मात्र ७ अर्ब ३७ करोड ८ लाख रुपैयाँ बराबरको मालवस्तु नेपाल भित्रिएको छ ।
तथ्यांकअनुसार समीक्षा अवधिमा भित्रिएका ३ हजार २०३ वटा विजुली गाडीहरूमध्ये बढीभन्दा बढी ५० देखि १०० किलोवाट मोटर पावरका छन्, जसअनुसार ५० किलोवाट मोटर क्षमताका १ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ बराबरको १ हजार २ वटा ईभी भित्रिएका छन् । यसैगरी, ५० देखि १०० किलोवाट मोटर क्षमताका ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ बराबरका १ हजार ८२६ वटा ईभी भित्रिएका छन् । १०१ देखि २०० किलोवाट मोटर क्षमताका एक अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरका ३७४ वटा ईभी भित्रिएका छन् भने २०१ देखि ३०० किलोवाट मोटर क्षमताका ४८ लाख ४९ हजार रुपैयाँको एउटा मात्र ईभी भित्रिएको भन्सारले जनाएको छ । साढे ७ अर्ब रुपैयाँमाथिको ईभी आयात हुँदै गर्दा सोबापत ४ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भयो।
CGTN





