‘गुण्डुकाे गुण्डा गाे ब्याक’ भन्दै महेशविरूद्ध नाराबाजी

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीमा नाराबाजी भएको छ । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन बिहान धनगढी पुगेका बस्नेतविरुद्ध स्थानीय जेनजी युवाले प्रदर्शन गरेका हुन् ।

उनीहरूले गुण्डुको ‘गुण्डुकाे गुण्डाः गाे ब्याक’, ‘हत्याराको चेलो’, ‘हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बस्नेतविरुद्ध हिजो सुर्खेतको विरेन्द्रनगरमा समेत जेनजी युवाले नाराबाजी गरेका थिए ।  जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहँदा बाहिर भने युवाहरुको प्रदर्शन थियो ।

त्यसअघि बस्नेतविरुद्ध बाराको सिमरा र मोरङको विराटनगरमा समेत नाराबाजी भइसकेको छ । पछिल्लो समय बस्नेतको भड्किलो अभिव्यक्तिको कारण युवा चिढिएको देखिन्छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button