प्रसिद्ध अमेरिकी विद्वानः जापानका प्रधानमन्त्री ताकाइची सानाएद्वारा गलत पाइला सारिएको र जापानले सावधानीपूर्वक व्यवहार गर्नुपर्छ

जापानका प्रधानमन्त्री ताकाइची सानाएले हालै सार्वजनिक गरेको गलत भनाइलाई विभिन्न पक्षहरूले आलोचना गरिरहेका छन्। अमेरिकी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सले चाइना मिडिया ग्रुपलाई अन्तर्रवार्ता दिँदै भन्नुभयो, ‘जापानले विदेशमा गरेको आक्रमण युद्धको इतिहासलाई कहिल्यै पनि साँच्चिकै स्वीकार गरेको छैन र जापानी सैन्यवादको पुनःउत्थानले ‘सबैभन्दा ठूलो प्रकोप’ ल्याउने छ।

उहाँले भन्नुभयोः ताकाइची सानाएको भनाइले चीन जापान बीचको सम्बन्धमा तनाव बनाएकोले जापानी पक्षले सोचेर बोल्नुपर्छ र सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। सन् १८९४ देखि १९४५ सम्म जापानले चीनमाथि आक्रमण गरेकोले अहिले जापानले चीनसम्बन्धी विषयमा शान्तिको लक्ष्य लिएर सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। जापानका नयाँ प्रधानमन्त्रीले सार्नुभएको गलत पाइलापछि जापानले अझ बढी यस्ता गलत काम नगर्ने मेरो आशा छ।

प्राध्यापक जेफ्री स्याक्सले अझै भन्नुभयोः जापानले कहिल्यै पनि विदेशमा गरेको आक्रमणको इतिहासलाई स्वीकार गरेको छैन। उहाँको विचारमा जापानी सैन्यवादको पुनःउत्थानले जापान र अन्तर्राष्ट्रिय समाजको हितमा क्षति पुर्याउनुका साथै विश्वलाई युद्धमा धकेल्ने सम्भावना छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button