हर्क साम्पाङलाई पार्टी प्यारो, कार्यालयमा अनेकौँ तगारो

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले पार्टी खोलेर चुनावी प्रचारमा हिँडेपछि कार्यालयको काम प्रभावित भएको गुनासो सुनिन थालेको छ ।

बताइएअनुसार सम्पाङ पछिल्लो समय कार्यालय जानै छोडेका छन् । गत महिना उनले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरेका थिए । त्यसयता पार्टीको संगठन विस्तारमा केन्द्रित रहेका साम्पाङ जिल्ला बाहिरका कार्यक्रममा बढी व्यस्त देखिन्छन् ।

जसका कारण उपमहानगरको काममा बाधा परेको त्यहाँका कर्मचारीहरूको गुनासो छ । मेयरको अनुपस्थितिले दैनिक प्रशासनिक काम अलपत्र बन्ने अवस्था आएको एक कर्मचारीले बताए । उनका अनुसार साम्पाङले कसैलाई कार्यवाहकसमेत तोकेका छैनन् ।

‘अरु काम त भइरहेको छ, तर मेयर सा’पको हस्ताक्षर नभइ नहुने कामचाहिँ रोकिएका छन्’, ती कर्मचारीले भने, ‘पार्टी खोल्नु उहाँको निजी कुरा हो, तर कम्तिमा कसैलाई कार्यवाहक जिम्मेवारी दिएर जानुभएको भए हुन्थ्यो ।’

माटो चुनाव चिन्ह राखेर श्रम संस्कृति पार्टी खोलेका साम्पाङ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको धेरैको अनुमान छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button