चीनकाे सरकारी छात्रवृत्ति – युवा उत्कृष्टता योजनाको लागि आवेदन खुल्यो

काठमाडौं, – चीन सरकारले स्नातकोत्तर (मास्टर) स्तरको अध्ययनका लागि “युवा उत्कृष्टता योजना” अन्तर्गत छात्रवृत्तिको आवेदन आह्वान गरेको छ। यो छात्रवृत्ति विशेष गरी अन्तर्राष्ट्रिय युवा उत्कृष्ट उम्मेदवारहरूलाई लक्षित गरेको छ।

यस योजनाअन्तर्गत मास्टर डिग्रीका लागि अध्ययन गर्ने छात्रहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। सम्पूर्ण अध्ययन-कार्य अंग्रेजी भाषामा सम्पन्न गराइनेछ।

चीन सरकारको यस छात्रवृत्तिको लागि इच्छुक योग्य उम्मेदवारहरूले मार्च ३१, २०२६ भित्रमा आफ्नो आवेदन दिरहनुपर्नेछ।

छात्रवृत्तिसम्बन्धी सम्पूर्ण विस्तृत जानकारी र आवेदन फाराम भर्नको लागि आधिकारिक वेबसाइट https://www.campuschina.org/content/details3_790440.html मा भ्रमण गर्न सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button