आफ्नो गलत भनाइ फिर्ता लिन चीनद्वारा जापानलाई ताकिता

डिसेम्बर १ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ पनि दिनुभएको छ।
प्रवक्ता लिन च्यानका अनुसार, जापानले थाइवान समस्याका सन्दर्भमा अस्पष्ट अडान लिनुका साथै आफ्नो गराइमा पनि जबरजस्ती गर्दै आएको छ। यस्तो भनाइ र गराइप्रति चीनले कडा प्रतिवाद र स्पष्ट अस्वीकार गर्दछ।
इतिहासबाट सिकेर गहन रूपमा स्वविचार गर्दै चीनको मागको गम्भीरताका साथ व्यवहार गरेर होशियारपूर्वक आफ्नो गलत भनाइलाई फिर्ता लिई वास्तविक गतिविधिमार्फत चीनप्रति दिएको राजनीतिक वचन-बद्धतालाई व्यवहारमा उतार्न चीनले जापानलाई ताकिता गरेको पनि प्रवक्ता लिन च्यानले बताउनुभएको छ।
CGTN





