मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घट्दो क्रममा, विश्व अर्थतन्त्र पनि सुस्त

मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घट्दो क्रममा रहेको छ । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा विभिन्न देशबाट मुलुकमा भित्रिने वैदेशिक लगानी क्रमशः घट्दो अवस्थामा रहेको हो ।

संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युएनसिटिएड) ले मङ्गलबार जारी गरेको प्रतिवेदन नेपालमा सन् २०२४ मा पाँच करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो रकम सन् २०१९ मा भित्रिएको १८ करोड ५० लाख अमेरिकी डलरभन्दा ठुलो परिमाणमा कम हो ।

यस्तै २०१९ मा १८ करोड ५० लाख अमेरिकी डलर वैदेशिक लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार बितेका छ वर्षमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी सन् २०२१ मा १९ करोड ६० लाख अमेरिकी डलर आएको थियो ।

यस्तै सन् २०२३ मा ७४ करोड अमेरिकी डलर, सन् २०२२ मा ६५ करोड अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको थियो ।
सरकारले मुलुकमा वैदेशिक लगानी भित्र्याउने नीतिगत सुधार गरे पनि भित्रिने रकम भने घट्दो अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालले ग्रिनफिल्ड परियोजनामार्फत ४१.५ अर्बभन्दा बढी प्राप्त गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

यसैबीच राससका अनुसार सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धि २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२४ को २.९ प्रतिशतभन्दा ०.३ प्रतिशतले कम हो । बढ्दो वित्तीय अस्थिरता र भूराजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने प्रतिवेदनमा उल्लेख छ ।

युएनसिटिएडको व्यापार तथा विकास प्रतिवेदन सन् २०२५ अनुसार वित्तीय बजारमा हुने उतारचढावले विश्व व्यापारलाई वास्तविक आर्थिक गतिविधिले जत्तिकै प्रभाव पार्ने भएकाले विकासशील तथा विकसित दुवै अर्थतन्त्रका सम्भावित अवसरमा सीमितता देखिएको छ ।

प्रतिवेदनले कृत्रिम बौद्धिकता (एआई) जस्ता नयाँ प्रविधिबाट केही लाभ भए पनि सन् २०२६ मा पनि विश्व वृद्धि २.६ प्रतिशतमै रहने सम्भावना रहेको बताएको छ।

युएनसिटिएडका अनुसार प्रस्तुत गरिएको अनुमान बजार विनिमय दरलाई आधार बनाएर गरिएको हो, जबकि ओइसिडीले उपयोग गर्ने क्रयशक्ति समता आधारित मापनले विश्व वृद्धिदर त्यसभन्दा केही उच्च देखाउँछ । ओइसिडीले पनि सन् २०२५ मा ३.२ प्रतिशत आर्थिक वृद्धि २०२६ मा २.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ।

युएनसिटिएडकी महासचिव रेबेका ग्रिन्स्पानका अनुसार वित्तीय अवस्थाले अहिले विश्वव्यापारको दिशा निर्धारण गर्ने मुख्य कारकका रूपमा काम गरिरहेको छ । “व्यापार केवल आपूर्तिकर्ताको जालो मात्रै होइन, यो ऋण, भुक्तानी प्रणाली, मुद्रा बजार र पुँजी प्रवाहको जटिल संरचना पनि हो,” उहाँले भन्नुभयो ।

प्रतिवेदनले सन् २०२५ मा विकासोन्मुख अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार हुने देखाएको छ, जुन विकसित अर्थतन्त्रको तुलनामा धेरै उच्च हो ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button