न्युँ डाँफे स्पोर्ट्स क्लबले सडक मर्मत गर्दै

नेपालगञ्ज, – बाँकेको खजुरा गाउँपालिकाकाे न्यूँ डाँफे स्पाेर्टस् क्लबले गाउँ पालिका, निजी व्यक्ति र सामाजिक संस्थाहरूको सहयोगमा विभिन्न ठाउँमा खाल्टो परेका सडकहरूको मर्मत कार्य सम्पन्न भएको छ। क्लबकाे अध्यक्ष बालाराम खत्री भएदेखि क्लबले सक्रियता लिएको छ।

न्युँ डाँफे स्पोर्ट्स क्लबले आफ्नो सामाजिक दायित्व अन्तर्गत यो कार्य सम्पन्न गरेको हो। कार्यमा खजुरा गाउँपालिकाको जेसिबी सहयोग रहेको थियो भने नीवर्तमान वडा अध्यक्ष तिलक सुनारले ग्राबिल उपलब्ध गराएका थिए। त्यस्तै, डि गाउँका ब्यापारी तथा राप्रपाकाे तर्फबाट वडाअध्यक्षका लागि पूर्वउम्मेदबार ओपेन्द्र खत्रीले ट्रेक्टर सहयोग पुर्याएका थिए।

यस सामुदायिक पहलले गाउँलेहरूको दैनिक आवागमन र सामान ढुवानीमा आएको असुविधा हटाउन मद्दत गरेको छ। यो पहल स्थानीय सहकार्यबाट सामुदायिक समस्या समाधान गर्ने एक उदाहरण बनेको छ।

न्युँ डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले यस प्रकारका सामाजिक कार्य जारी राख्ने बताएका छन्। उनलेे यस्तो सहकार्यले गर्दा सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने देखिएको बताए।

स्थानीय बासिन्दाहरूले सडक मर्मत पछि आवागमनमा आएको सुविधालाई उल्लेखनीय उपलब्धि ठान्दै यस्ता पहललाई भबिष्यमा पनि जारी रहोस् भन्ने आशा व्यक्त गरेका छन्।

यसरी निजी र सामुदायिक संस्थाहरूले स्थानीय सरकारसँग सहकार्य गर्दै विकासका कार्यमा सहभागी हुने यो पहलले सामुदायिक एकताको नमुना प्रस्तुत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button