ओलीको प्रस्तावमा सुरेन्द्रको असहमति, पदमा नबस्ने युवराजको घोषणा

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एघारौँ महाधिवेशनमा आफू कुनै पनि पदका लागि आकांक्षी नरहेको बताएका छन् ।

बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा भाग लिन भृकुटीमण्डप पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने स्पष्ट पारे ।

पार्टीभित्रको पछिल्लो समीकरणमा ईश्वर पोखरेल खेमामा खुलेका ज्ञवालीले आफू ७० वर्ष पुगेकाले अब साधारण सदस्यको रुपमामात्रै सीमित रहने बताए । ‘म ७० पुगिसकेँ, अब कुनै चुनाव लड्दैन, साधारण सदस्यमात्रै रहन्छु’, उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरी पदाधिकारीको संख्या बढाउने तयारी गरिरहँदा पोखरेल समूह भने त्यसको विपक्षीमा देखिएकोे छ । केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधन प्रस्ताव पेश गरेकोमा उपाध्यक्ष पाण्डेले असहमति जनाएका थिए ।

उनले पुरानो प्रावधान ब्युँताउने भए ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालसम्बन्धी प्रावधान पनि कायम गर्नुपर्ने अडान राखे । बैठकमा केन्द्रीय सदस्यहरूले यसबारे अहिले धारणा राखिरहेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button