ओली पक्षबाट नेतृत्वका लागि उम्मेदवारी दर्ता

शंकर पोखरेल महासचिवमा, विष्णु पौडेलसहित पाँच उपाध्यक्ष उम्मेदवार

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्षले नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आफ्नो उम्मेदवार टोलीको टुंगो लगाएको छ। ओली पक्षले अध्यक्ष पदमा केपी शर्मा ओलीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ भने महासचिव पदमा शंकर पोखरेललाई पुनः उम्मेदवार बनाएको छ।

उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन्। यसैगरी उपमहासचिव र सचिव पदका लागि पनि ओली पक्षबाट उम्मेदवार तय गरिएको छ।

नेकपा (एमाले) को ११औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

यसअघि पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वमहासचिव ईश्वर पोखरेल पक्षबाट पनि नेतृत्वका लागि उम्मेदवारी आउने अनुमान गरिएको भए पनि अन्ततः ओली पक्षले एकल प्यानलसहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button