चिनियाँ प्रतिनिधिद्वारा जापान पक्षलाई गलत भनाइ फिर्ता लिन फेरि पनि आह्वान

चीनका संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि फू छौँले १५ तारिख सुरक्षा परिषदको ‘शान्तिप्रति नेत्तृत्व देखाउने’ खुला बहसमा भाषण गर्दै जापानी पक्षलाई गलत भनाइ फिर्ता लिन आह्वान गर्नुभएको छ।
फू छौँले भन्नुभयो,‘शान्तिप्रति नेत्तृत्व देखाउन, सर्वप्रथम शान्तिलाई बहुमूल्य रूपमा मूल्याङ्कन गर्नुपर्छ र न्याय कायम राख्नुपर्छ। चालु वर्ष चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव हो। अन्तर्राष्ट्रिय समाजले इतिहासलाई पुनरावलोकन गर्ने र भविष्यको योजना गर्ने समयमा जापानका प्रधानमन्त्री ताकाइची सानाइले विपरीत दिशामा गएर जापानको ‘अस्तित्व संकट’चीनको थाइवानसँग सम्बन्धित छ भनेर दाबी गर्दै थाइवान मुद्दामा जापानले सैन्य हस्तक्षेप गर्न सक्ने इशारा र धम्की दिएकी थिइन्। यो चीनको आन्तरिक मामिलामा क्रूर हस्तक्षेप हो, जुन दोस्रो विश्वयुद्धमा पराजित देशको रूपमा जापानले चीन र अन्तर्राष्ट्रिय समाजलाई दिएको प्रतिबद्धताको खुल्ला उल्लङ्घन हो, दोस्रो विश्वयुद्धको विजय उपलब्धिहरू र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाका लागि चुनौती हो र संयुक्त राष्ट्रको घोषणापत्रको उद्देश्य र सिद्धान्तको आधारमा बनाइएका अन्तर्राष्ट्रिय सम्बन्धका आधार सिद्धान्तको उल्लङ्घन हो। यसले एशिया र विश्व शान्तिका लागि गम्भीर जोखिम सिर्जना गरेको छ।’
फू छौँले औँल्याउनुभयो, जापानले चोरेको थाइवान क्षेत्र चीनलाई फिर्ता गर्ने युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण भाग हो, थाइवान चीनको भू-भागको अविभाजित भाग हो, जुन राजनीतिक र कानुनी रूपमा साझा ठोस तथ्य हो। सन् १९४५ मा जापानले बिना शर्त आत्मसमर्पण गरेको घोषणा गरेको थियो, जुन चीन सरकारले चीन क्षेत्रको थाइवानको आत्मसमर्पण समारोह आयोजना गरेबाट पूर्ण र स्पष्ट रूपमा प्रमाणित हुन्छ। “कायरो घोषणापत्र”, “पोट्सड्याम घोषणापत्र”, “जापानको आत्मसमर्पण पत्र” र संयुक्त राष्ट्र महासभा नम्बर २७५८ प्रस्ताव र संयुक्त राष्ट्रका सम्बन्धित कानुनी सुझावहरू, “चीन-जापान संयुक्त वक्तव्य”, “चीन-जापान शान्ति र मैत्री सन्धि” जस्ता अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरू र सम्बन्धित द्विपक्षीय राजनीतिक दस्तावेजहरूले यसलाई पूर्ण रूपमा प्रमाणित गर्न सक्छन्।
CGTN





