रुस-भारत सैन्य सहयोग सम्झौता पुटिनबाट अनुमोदित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १५ तारिखका दिन एक कानुनी दस्तावेजमा हस्ताक्षर गर्दै गत फेब्रुअरीमा भारतसँग हस्ताक्षर गरिएको सैन्य सहयोग सम्झौतालाई अनुमोदन गर्नुभयो। उक्त दस्तावेज सोही दिन रुसको कानुनी सूचना वेबसाइटमा प्रकाशित गरिएको हो।
सो कानुनी दस्तावेज वमोजिम, रुस-भारत सैन्य सहयोग सम्झौता अनुमोदित भएपछि दुवै पक्षबीचको विकास र सैन्य सहयोग मजबुत पारिने छ, साथै दुई देशका युद्धपोतले एक अर्काको बन्दरगाहमा प्रवेश गर्ने, सैन्य विमानले एकअर्काको हवाई क्षेत्र र विमानस्थल प्रबन्धको प्रयोग गर्ने तथा सम्बन्धित सूचना प्रक्रियाहरु सरल पारिने छ।
‘रुस टुडे’ समाचार समितिले जनाए अनुसार, उक्त सम्झौता संयुक्त अभ्यास र तालिम, मानवीय सहयोग, प्राकृतिक र मानवजनित प्रकोपको सामना लगायत दुवै पक्ष बीच सहमति भएका विषयहरूमा लागू हुने छ।
चालू वर्षको फेब्रुअरीमा रुस तथा भारत सरकारले हस्ताक्षर गरेको सैन्य सहयोग सम्झौता डिसेम्बर २ तारिख रुसको राष्ट्रिय डुमामा पारित भएर डिसेम्बर १० तारिख रुस संघीय परिषद (सांसद माथिल्लो सदन) मा अनुमोदित भयो।
cgtn





