रवि विरुद्धको रिटमा सुनुवाई रोकियो

सहकारी ठगी प्रकरणमा नख्खु कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयविरुद्ध दायर रिटमा सुनुवाई अलपत्र परेको छ ।

आज पेशी तोकिएकोमा इजलास नै नबसेपछि सुनुवाई रोकिएको हो । महान्यायाधिवक्ताको कार्यालयले २०७९ चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध सिन्धुलीका युवराज पौडेल (सफल) ले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सफलले आफू अमेरिकी  नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भनी राहदानी प्राप्त गर्नु ‘राहदानी ऐन, २०२४’ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले उनीउपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण भएको उल्लेख गरेका छन् ।

सो रिटमा आज सुनुवाई हुन लागेकोमा इजलास नै नबसेको सूचना प्राप्त भएको सफलले बताए । ‘एक नम्बर इजलासमा पेशी तोकिएको थियो तर इजलास नै बसेनछ । त्यसैले म अहिले सर्वोच्च जाँदैछु’,जनआस्थासँग उनले भने ।

एक नम्बर इजलास प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको हो । उहाँले  लामो समयदेखि जटिल खालका मुद्दा पन्छाउँदै आउनुभएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button