प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार बिदाई भेट गरेका छन् ।

तीन वर्षे कार्यकाल पूरा गरी यसै महिना स्वदेश फर्किन लागेका राजदूत सोङले आज दिउँसो सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग बिदाइ भेट गरेका हुन् । भेटमा द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले उत्तरी नाका खुलाउन चिनियाँ सहयोगको अपेक्षा गरेकोमा राजदूतले सकारात्मक जवाफ दिए । त्यस्तै, उनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सबै प्रकारका सहयोग गर्न चीन तयार रहेको वचनवद्धता पनि दोहोर्याए ।

०७९ पुसमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगेका सोङले दुई देशबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका थिए । उनको कार्यकाल सफल मानिन्छ ।

अंग्रेजी नयाँ वर्ष ०२६ लागेसँगै नयाँ जिम्मेवारी सम्हाल्न उनी बेइजिङ्ग जान लागेको बुझिएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button