एमाले महाधिवेशनः ओली अध्यक्षमा भारी मतसहित अगाडि, उपाध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा

काठमाडौं — नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम सार्वजनिक हुन थालेको छ। प्राप्त प्रारम्भिक परिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता बनाएका छन्।
अध्यक्ष पदमा ओलीले ४८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १७७ मतमा सीमित भएका छन्। यससँगै ओली पुनः अध्यक्ष बन्ने दिशामा मजबुत देखिएका छन्।
उपाध्यक्ष पदतर्फ भने प्रतिस्पर्धा रोचक देखिएको छ। पृथ्वी सुब्बा गुरूङले ३५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने विष्णु प्रसाद पौडेलले ३४९ मत ल्याएका छन्। त्यसैगरी राम बहादुर थापाले ३०९, गोकर्ण विष्टले २५६, रघुजी पन्तले २५३ र गुरु प्रसाद बरालले २४२ मत प्राप्त गरेका छन्। विन्दा पाण्डेले १७९ मत पाउँदा परशुराम मेघी गुरूङ ८६, अरूण नेपाल ७९, टंक प्रसाद कार्की ७५ र भिमप्रसाद आचार्य ५१ मतमा सीमित भएका छन्।
महासचिव पदमा शंकर पोखरेलले ३६४ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ३०२ मत पाएका छन्। यसले महासचिव पदमा पनि कडा प्रतिस्पर्धा देखिएको छ।
उपमहासचिव पदतर्फ लेखराज भट्ट २९३ मतसहित अगाडि देखिएका छन्। रघुवीर महासेठले २६६, योगेश भट्टराईले २६४ र विष्णु प्रसाद रिमालले २२० मत प्राप्त गरेका छन्। आनन्द प्रसाद पोखरेलले १३३ र वैजनाथ चौधरीले ९७ मत पाएका छन्।
सचिव पदका लागि भएको मतदानमा महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११–३११ मत प्राप्त गरेका छन्। पद्मा कुमारी अर्यालले ३०५, शेरधन राईले ३००, खगराज अधिकारीले २७९, हिक्मत कुमार कार्कीले २७४, यामलाल कँडेलले २५९ र राजन भट्टराईले २३५ मत पाएका छन्। त्यसैगरी भानुभक्त ढकाल २२५, गोकुल प्रसाद बास्कोटा १९२, पुरुषोत्तम पौडेल १८६, ठाकुर प्रसाद गैरे १७५, कर्ण बहादुर थापा १६६, रचना खड्का १५९, लालबाबु पण्डित १५०, विनोद प्रसाद ढकाल १४८, अग्नि प्रसाद खरेल १३९, कृष्ण गोपाल श्रेष्ठ ११४, पेम्बा लामा ८५ र इन्द्रलाल सापकोटा ७४ मतमा रहेका छन्।
मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पार्टी नेतृत्व चयनका यी प्रारम्भिक परिणामले एमालेभित्र शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे स्पष्ट संकेत दिएको विश्लेषकहरूले बताएका छन्।





