महेश बस्नेतकाे अग्रता, सचिव पदका उम्मेदवारको पछिल्लो मतपरिणाम

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सचिव पदका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। जारी मतगणनाअनुसार विभिन्न उम्मेदवारले प्राप्त गरेको मत यसप्रकार रहेको छ।

सबैभन्दा बढी मत महेश बस्नेतले ७८३ प्राप्त गरेका छन् भने पद्मा कुमारी अर्यालले ७७८ मत हासिल गरेकी छन्। त्यस्तै छविलाल विश्वकर्माले ७६९ र शेरधन राईले ७६७ मत प्राप्त गरेका छन्। खगराज अधिकारीले ६८०, हिक्मत कुमार कार्कीले ६७२ र यमलाल कडेलले ६२६ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये राजन भट्टराईले ५८१, भानुभक्त ढकालले ५५२, गोकुल प्रसाद बास्कोटाले ५२८, ठाकुर प्रसाद गैरेले ४६२, रचना खड्काले ४५९ तथा कर्णबहादुर थापाले ४४४ मत प्राप्त गरेका छन्।

यसैगरी लाल बाबु पण्डितले ३९९, अग्नि प्रसाद खरेलले ३७७, विनोद प्रसाद ढकालले ३५५, कृष्ण गोपाल श्रेष्ठले ३२५, पेम्वा लामाले २५५, पुर्सोतम पौडेलले २३० र इन्द्रलाल साप्कोटाले २०९ मत प्राप्त गरेका छन्। खगराज अधिकारीपछि सबैभन्दा कम मत इन्द्रलाल साप्कोटाले प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button