नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली र टोलीलाई हार्दिक बधाई एवं शुभकामना

काठमाडौं – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले ऐतिहासिक निर्णय गर्दै पुनः केपी शर्मा ओली ज्यूको नेतृत्वमा केन्द्रीय कमिटी गठन गरेकोमा हार्दिक बधाई छ। महाधिवेशनको अन्तिम दिन आज दिउँसो सम्पन्न मतगणनामा नयाँ केन्द्रीय समिति र सदस्य चयन भएको खुसीलाई साझा गर्दछौं।

अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा रहेको प्यानलले महाधिवेशनमा स्पष्ट बहुमत हासिल गरेकोमा उहाँ र उहाँको समूहलाई विशेष धन्यवाद। देश र दलको हितका पक्षमा गरिएको यो अनुमाेदित जनादेश एमालेको एकताको प्रतीक हो। विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट जस्ता अनुभवी नेताहरू उपाध्यक्षमा निर्वाचित भएकोमा पनि बधाई छ।

यसैगरी, शंकर पोखरेल ज्यूको महासचिवमा निर्वाचन र उपमहासचिव तथा सचिव पदमा नयाँ र रचनात्मक टोली गठन भएकोमा शुभकामना। महेश बस्नेत, पद्मा अर्याल, यामलाल कँडेल, राजन भट्टराई लगायत सचिवहरूको निर्वाचनले दललाई नयाँ ऊर्जा दिने छ।

केन्द्रीय सदस्यमा पनि ओली प्यानलका उम्मेद्वारहरूको बहुमत दलभित्र एकता र विश्वासको प्रतीक हो। यो नयाँ नेतृत्वले एमालेलाई सुदृढ पार्न, दलको विचारधारा अगाडि बढाउन र देशको विकासमा ठूलो योगदान दिने विश्वास लिएका छाैं।

अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले देशको राजनीतिमा स्थिरता, समृद्धि र जनताको हितमा अग्रसर रहोस् भन्ने शुभकामना सहित सम्पूर्ण नवनिर्वाचित नेतृत्व टोलीलाई फेरि एक पटक हार्दिक बधाई र शुभकामना।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button