७ आश्विन २०८३, बुधबार

परराष्ट्रमन्त्री खनाल र स्लोभाक समकक्षीबीच द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

परराष्ट्रमन्त्री शिशिर खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा नेपाल र स्लोभाक गणतन्त्रबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।

दुवै मन्त्रीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए। भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिने तथा सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको जनाइएको छ।

परराष्ट्रमन्त्री खनालले महासभाका क्रममा विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालको प्राथमिकता, आपसी सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button