१४ आश्विन २०८३, बुधबार

बागलुङ र म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सांसद शर्माको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टीकी सांसद बालावती शर्माले बाढीपहिरोबाट प्रभावित बागलुङ र म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले दुवै जिल्लामा ठूलो क्षति पुर्‍याएको बताइन्।

सडक, विद्युत, खानेपानी र टेलिफोन सेवा प्रभावित हुँदा नागरिकलाई दैनिक उपभोग्य वस्तु प्राप्त गर्नसमेत कठिनाइ भएको शर्माको भनाइ छ। उनले प्रभावित क्षेत्रका लागि राहत र पुनर्निर्माणको एकीकृत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शर्माले मध्यपहाडी लोकमार्गको आवागमनका लागि महत्त्वपूर्ण मालढुङ्गा पुलको निर्माण छिटो अघि बढाउन पनि माग गरेकी छन्। जिल्ला विपद व्यवस्थापन समितिले यसअघि म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेको थियो। दुवै जिल्लाको अवस्थाबारे सरकारले लिने निर्णय सार्वजनिक हुन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button