१४ आश्विन २०८३, बुधबार

मतभेद व्यवस्थापन गर्दै निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका मतभेद व्यवस्थापन गरेर सङ्गठनलाई आगामी निर्वाचनका लागि सक्रिय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई सम्बोधन गर्दै उनले आन्तरिक आलोचना सहन र साझा सङ्कल्पका साथ अघि बढ्न आग्रह गरे।

एक निर्वाचनको परिणामबाट निराश नहुन आग्रह गर्दै ओलीले सङ्गठनलाई थप व्यवस्थित बनाउनुपर्ने बताए। पार्टी विभाजित हुने अपेक्षा गरिएको भए पनि एमाले विचार र सङ्गठनका आधारमा एकजुट रहेको उनको दाबी थियो।

ओलीले सामाजिक सञ्जालसहितका डिजिटल माध्यममा पार्टीको उपस्थिति प्रभावकारी बनाउन पनि निर्देशन दिए। एमालेका काम र उपलब्धिबारे जनतासम्म जानकारी पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

बैठकमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीका निर्णय तल्लो तहसम्म पठाइने बताए। उनका अनुसार सदस्यता नवीकरण हाललाई रोकिएको छ भने प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्ने तयारी छ। उनले वडा तहदेखि प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइने जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button