१५ आश्विन २०८३, बिहीबार

देउवा पक्षको वडा अधिवेशन आज, मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर वडा अधिवेशन गर्ने भएको छ। उक्त समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने गरी तल्ला तहका अधिवेशनको कार्यतालिका तय गरेको छ।

देशसञ्चारका अनुसार देउवा पक्षको कार्यतालिकामा असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ। प्रदेश अधिवेशन भने मंसिर ४ गतेका लागि तोकिएको छ।

कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले पृथक कार्यतालिकाअनुसार अधिवेशन अघि बढाउन लागेको हो। दुवै पक्षले फरक मितिमा महाधिवेशनको तयारी गरेसँगै पार्टीभित्र समानान्तर अधिवेशन प्रक्रिया अघि बढ्ने अवस्था देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button