१५ आश्विन २०८३, बिहीबार

उज्वेकिस्तानलाई पेनाल्टीमा हराउँदै जापान फाइनलमा, दक्षिण कोरियासँग भिड्ने

ड्रागन मिडिया समाचार कक्ष

आयोजक जापान आइची–नागोया एसियाली खेलकुदको पुरुष फुटबल फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा ९–८ ले पराजित गर्दै जापानले उपाधिका लागि साविक विजेता दक्षिण कोरियासँगको भेट पक्का गरेको हो।

सारडोबेक बाखारोमोभको गोलबाट उज्वेकिस्तानले अग्रता लिएको थियो। हारनजिक पुगेको जापानका लागि निर्धारित समय सकिन दुई मिनेट बाँकी हुँदा सेना इसिबासीले बराबरी गोल फर्काए। त्यसपछि पेनाल्टी सुटआउटमा जापानले रोमाञ्चक जित निकाल्यो।

अर्को सेमिफाइनलमा दक्षिण कोरियाले चीनलाई २–१ ले हराउँदै लगातार चौथो स्वर्ण जित्ने सम्भावना कायम राखेको छ। दक्षिण कोरियाका लागि बाए जुन होले निर्णायक गोल गरेका थिए।

पुरुष फुटबलमा अहिलेसम्म एसियाली खेलकुदको स्वर्ण जित्न नसकेको चीन सन् १९९८ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको थियो। दक्षिण कोरियासँगको हारसँगै उसको पहिलो स्वर्ण जित्ने प्रयास यसपटक पनि पूरा हुन सकेन।

पुरुषतर्फ जापान र दक्षिण कोरियाबीचको फाइनल शनिबार हुनेछ। महिलातर्फ शुक्रबार हुने उपाधि भिडन्तमा उत्तर कोरिया र जापान आमनेसामने हुनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button