१५ आश्विन २०८३, बिहीबार

संघीय निजामती विधेयक दर्ता, उच्चपदस्थ कर्मचारीको पुनर्नियुक्तिमा दुई वर्षको अन्तराल प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता

संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दर्ता गरेको विधेयकमा उच्चपदस्थ कर्मचारीले सेवाबाट बाहिरिएपछि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउन दुई वर्ष पर्खनुपर्ने प्रस्ताव गरिएको छ।

देशसञ्चारका अनुसार प्रस्तावित व्यवस्था संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका पदबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीमा लागू हुनेछ। राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभएसम्म उनीहरूले त्यस्ता पदमा नियुक्ति पाउन नसक्ने प्रावधान विधेयकमा राखिएको छ।

विधेयक दर्तासँगै उक्त प्रस्ताव संसदीय प्रक्रियामा प्रवेश गरेको छ। यो तत्काल लागू भएको व्यवस्था भने होइन; संसदबाट पारित भई कानुन बनेपछि यसको कार्यान्वयनको आधार तय हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button