संसदका दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातदेखि अन्त्य हुने

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १६ गते शुक्रबार मध्यरातदेखि लागू हुने गरी अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुनेछ।
नेपाल सरकार, मन्त्रीपरिषदको असोज १३ गतेको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त निर्णय उल्लेख छ।
निर्णयअनुसार शुक्रबार मध्यरातसम्म दुवै सदनको चालु अधिवेशन कायम रहनेछ। अधिवेशन अन्त्य गर्ने निर्णयले संसदका बैठकको चालु सत्र समाप्त गर्नेछ।





