१७ आश्विन २०८३, शनिबार

बाँकेमा दशैँ–तिहारको अवसरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

ड्रागन मिडिया सम्वाददाता

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बाँकेमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। दशैँ र तिहारको अवसरमा आयोजना हुने प्रतियोगिता असोज २५ देखि कात्तिक २ गतेसम्म खजुरा गाउँपालिका–४, डि गाउँस्थित मिनी रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ।

टिम दर्ता असोज २३ गतेसम्म गर्न सकिनेछ। दर्ता शुल्क तीन हजार ५०० रुपैयाँ तोकिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई आयोजकले समयमै दर्ता गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button