नेपाललाई भारतबाट उखुका चार जातको आनुवंशिक स्रोत सामग्री

ड्रागन मिडिया समाचार कक्ष
भारतले उखु अनुसन्धान र उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद्लाई उखुका चार जातको आनुवंशिक स्रोत सामग्री हस्तान्तरण गरेको छ।
भारतको लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले उपलब्ध गराएका CoLk 16202, CoLk 16470, CoS 17321 र CoS 18321 जातका सामग्री भारतको दूतावासकी विकास साझेदारीसम्बन्धी प्रथम सचिव निशाले सोमबार परिषद्का अधिकारीलाई हस्तान्तरण गरेकी हुन्। हस्तान्तरण परिषद्को परिसरमा भएको थियो।
यस पहलले नेपालमा उखुसम्बन्धी अनुसन्धान र उत्पादकत्व बढाउने प्रयासलाई सघाउने भारतको दूतावासले जनाएको छ। यसबाट कृषि अनुसन्धानमा नेपाल–भारत सहकार्य थप बलियो हुने र किसानलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।





