विवादास्पद अडियोपछि सांसद खगेन्द्र सुनारमाथि छानबिन र कारबाहीको माग

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको आवाज भएको दाबी गरिएको विवादास्पद अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन र कानुनी कारबाहीको माग उठेको छ। सोमबार जनआस्थाले सार्वजनिक गरेको भनिएको अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको दाबी गरिएको छ। अडियोको प्रामाणिकता भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
केही वर्षअघि रेकर्ड गरिएको भनिएको उक्त अडियोबारे सार्वजनिक पदमा रहेका व्यक्तिको मर्यादा र जिम्मेवारीसँग जोडेर आलोचना भइरहेको छ। केहीले सुनारलाई पदबाट राजीनामा दिन माग गरेका छन् भने अडियो सत्य ठहरिए कानूनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
विवाद सार्वजनिक भएपछि सञ्चारकर्मीले प्रतिक्रिया लिन खोज्दा सुनारसँग सम्पर्क हुन नसकेको जनाइएको छ। उनको मोबाइल फोन बन्द रहेको बताइएको छ। अडियोबारे सुनार र उनको दलको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।





