२७ आश्विन २०८३, मंगलवार

ट्रम्पलाई देखाइएका सरकारी विज्ञापन रोक्न अदालतको आदेश

ड्रागन मिडिया सम्वाददाता

अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुखताका साथ देखाइएका सरकारी टेलिभिजन विज्ञापन प्रसारण रोक्न अन्तरिम आदेश दिएका छन्। आगामी मध्यावधि निर्वाचनअघि सार्वजनिक रकमबाट प्रसारित ती विज्ञापन राजनीतिक प्रचारजस्ता देखिएको भन्दै निगरानी समूह र राजनीतिक पक्षले अदालतमा चुनौती दिएका थिए।

विज्ञापन सार्वजनिक सेवा सूचना भएको ट्रम्प प्रशासनको भनाइ छ। अदालतको आदेशले बाँकी विज्ञापन प्रसारण रोक्ने व्यवस्था गरेको छ। यसअघि प्रसारण भइसकेका विज्ञापनको खर्च करदातालाई फिर्ता गरिने योजना नभएको प्रशासनले अदालतमा जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button