दिल्लीमा भारी वर्षा, केही क्षेत्रमा जलजमाव

ड्रागन मिडिया सम्वाददाता
भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा सोमबार बिहान भारी वर्षा र मेघगर्जन भएको छ। भारतीय मौसम विज्ञान विभागले राष्ट्रिय राजधानी क्षेत्रमा रातो सतर्कता जारी गर्दै भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी दिएको थियो।
वर्षापछि दिल्लीका केही स्थानमा पानी जमेको र यातायात प्रभावित भएको सञ्चारमाध्यमले जनाएका छन्। विभागका अनुसार सफदरजङमा बिहान साढे पाँच बजेसम्म ४० मिलिमिटर वर्षा मापन गरिएको थियो। मौसममा आएको अचानक परिवर्तनले यात्रु र दैनिक काममा निस्किएका सर्वसाधारणलाई असर पारेको छ।





