११ कार्तिक २०८३, मंगलवार

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँ उपत्यकामा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ९ गतेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १६५ र लागुपदार्थ सेवन गरी चलाउने ४१ चालकलाई कारबाही गरिएको हो।

कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन्। लागुपदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले बताए।

मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी भएकाले ट्राफिक ऐनअनुसार कारबाही गरिएको काफ्लेले बताए। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउने भन्दै प्रहरीले निगरानी र कारबाही जारी राखेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button