९ मंसिर २०८३, मंगलवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापाले विशेष सम्बोधन गर्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकको शुरुमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ। बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ।

बैठकमा कांग्रेसको ‘हामी तयार छौँ’ अभियान र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल हुने क्यापिटल नेपालले जनाएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार सूचना जारी गरी बैठक आह्वान गरेका थिए। पार्टीले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button