१० मंसिर २०८३, बुधबार

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने र लगानीको दायरा बढाउने प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता

नागरिक लगानी कोषको पुँजी ८ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकमा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ र सेयर संख्या ८ करोडबाट १० करोड कित्ता पुर्‍याउने प्रस्ताव रहेको बताए।

अर्थमन्त्री वाग्लेका अनुसार विधेयकले कोषलाई निजी इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्ने कानुनी आधार दिनेछ। पूर्वाधार, उत्पादनमूलक उद्योग र आवासमा पनि कोषको लगानी विस्तार गर्ने प्रस्ताव छ। मध्यम वर्गको विस्तारलाई प्राथमिकता दिँदा शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा र आवासमा ध्यान दिनुपर्ने उनले बताए।

विधेयकको दफा २ मा डिबेन्चर, ऋणपत्र र धितोपत्रको परिभाषा परिमार्जन गर्ने प्रस्ताव छ। मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणलाई पनि लगानीको परिभाषामा समेट्ने प्रस्ताव गरिएको छ।

विधेयकले कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने उद्देश्य राखेको छ। लगानीको दायरा विस्तारसँगै संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था पनि अद्यावधिक गर्न लागिएको वाग्लेले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button