१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रिय सुरक्षा परिषदको ४४ औँ बैठक सम्पन्न, समग्र सुरक्षा अवस्था र विपद प्रतिकार्य तयारीको समीक्षा

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार राष्ट्रिय सुरक्षा परिषदको ४४ औँ बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, शान्ति सुरक्षा, अमनचयन, राष्ट्रिय सुरक्षा तथा विपद प्रतिकार्यको तयारीलगायत विषयमा छलफल र समीक्षा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषदकी सदस्य सचिव एवं रक्षा मन्त्रालयकी सचिव इन्दु घिमिरेले बैठकमा मुलुकको विद्यमान सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा भएको जानकारी दिएकी छन्।

नेपाल प्रेसका अनुसार बैठकमा मुलुकको आन्तरिक शान्ति सुरक्षा, अमनचयन र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा छलफल गरिएको थियो।

त्यसैगरी सम्भावित प्राकृतिक तथा अन्य विपदका घटनामा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा पनि छलफल भएको राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद नेपालको राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा र नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा सरकारलाई सिफारिस गर्ने संवैधानिक निकाय हो।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयको समीक्षा गर्दै सरकारलाई आवश्यक नीतिगत सिफारिस गर्ने संवैधानिक जिम्मेवारी निर्वाह गर्दछ।

बैठकमा भएका छलफलका विस्तृत विवरण, कुनै विशेष सुरक्षा चुनौती तथा ठोस नीतिगत निर्णयबारे थप जानकारी सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button