विष्णुपुकारले नेपाली दूतावासलाई चीनका विरुद्ध यसरी गरे प्रयोग

चीनको लागी नेपाली राजदूत विण्णु पुकार श्रेष्ठले नेपाल फर्कनु अघि समेत बेजिङ स्थित नेपाली राजदूतावासलाई चीनको विरोधमा प्रयोग गर्न भ्याए। चीनमा राजदूतको रुपमा रहँदा समेत उनी नेपालमा चीन विरोधी काममा सकृय थिए। लामो समय मानवअधिकारको क्षेत्रमा पश्चिमाहरुलाई काम गरेका राजदत श्रेष्ठलाई नेपालबाट चीन विरोधि गतिविधिमा सघाउने काम भने नयाँ पत्रिकाका पत्रकार पर्शुराम काफ्लेले गरेका थिए।

३१ अगस्तमा चीनबाट नेपाल फर्केका श्रेष्ठसँग काफ्लेका अलावा नियोग उपप्रमुख सुरेन्द्र यादव, बेजिङमा बस्दै आएका डिवि कट्टेल, लक्ष्मी लम्साल र कृष्ण पौडेलले समेत नेपालमा बढ्दो चिनियाँ प्रभावको विषयमा छलफल गरेका थिए। काफ्लेलाई चीन भ्रमणको प्रवन्ध पौडेलले गरेका थिए। काफ्लेले श्रेष्ठलाई एग्रिमो नबुझेर चीनले गरेको अपमान सम्झाएका थिए। त्यससँगै नेपालमा गएर चीनको सर्मथनमा काम गर्दा तपाईलाई कुनै फाइदा छैन भन्ने विषयमा तर्क संगत छलफल अगाडि बढाएका थिए। छलफलमा सहभागी सदस्यहरुले होमा हो मिलाएका थिए।

२८ अगस्तमा भएको यो छलफलका लागि काफ्ले बेजिङ पुगेका थिए। उनी १० दिन चीनका विभिन्न क्षेत्र घुमेर नेपाल फर्किएका छन्। उनलाई चीन घुमाउने काम पौडेल र उनकी श्रीमती भवानी कोइराला पौडेलले गरेकी थिइन। नेपाल फर्किदै गर्दा श्रेष्ठको चीन डायरी काफ्लेले बेजिङवाटै लेखेका छन्। त्यसमा भनिएको छ, ‘नेपालको आर्थिक अवस्थाले गर्दा नेपाल ऋणको जालोमा पर्छ भन्ने शक्ति छन्।’ बेजिङ छाड्दै गर्दा श्रेष्ठले दिएको अभिव्यक्ति कुनै पश्चिमाको भन्दा फरक छैन।

२५ अप्रिल २०२३ मा ओहोदाको प्रमाण पत्र बुझाएपछि पनि सामाजिक संजाल फेसबुकमा श्रेष्ठले ‘चीनले भारतको भू भाग आफ्नातिर पारेर नयाँ नक्सा जारी गरेको भन्दै भारतमा अहिले बिरोध बढेको छ।’ भन्ने स्टाटस सेयर गरेका छन्। ३० अप्रिल २०२३ मा शेयर भएको यो स्टाटस अझै हटेको छैन। राजदूत सिफारिस अघि पनि उनले चीन विरोधि स्टाटस सेयर गरेका थिए। लामो समय पश्चिमासँग काम गरेका श्रेष्ठले नेपालमा बसेर मानवअधिकारको क्षेत्रमा काम गर्ने सोच बनाएको बुझिन्छ। यसको लागी उनलाई अमेरिकन गैर सरकारी संस्थाहरुले सघाउने छन्। लामो समय भारतको पक्षमा काम गर्दै आएका काफ्ले पनि अहिले अमेरिकाको ढोक्सामा फसिसकेका छन्।

यो लिङ्कमा श्रेष्ठको चीन डायरी छ ।
https://jhannaya.nayapatrikadaily.com/news-details/2561/2024-08-31?fbclid=IwY2xjawFKo5hleHRuA2FlbQIxMQABHcaSjSAenKkZGhMC0r2pvxyXealnpBPu7hMqMzQc10lgKPkvj1wMEyQTLw_aem_Es0LPE1Z3-4jb8Gblr1LiQ
श्रेष्ठको फेस बुक एकाउन्टबाट

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button