सिद्धबाबाका दुई बाइपास सुरुङ ‘ब्रेक थ्रु’

चिनियाँ कम्पनीले निर्माण गरिरहेको सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ। यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको अनलाइन खबरले लेखेको छ।

शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो। बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ।

बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ। जसको अहिलेसम्म ११७ मिटर खनिएको छ। सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ। पछिल्लो तथ्यांक अनुसार मूख्य टनेल ५ सय ४५ मिटर खनिएको छ।

यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button