चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैन : उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताउनुभएको छ। उहाँले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गएको समरण गर्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गर्नुभयो।

 

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने जिकिर गर्नुभयो।

‘भारत अब तेस्रो ठूलो अर्थतन्त्र हुने देश हुन्छ अब। यो ग्यारेन्टी नै छ। केही समयमा चीन पहिलो र भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने स्थिति छ। यो दुवै हाम्रो लागि ठूलो अवसर हो। यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरूमा हुनुपर्छ,’ पाण्डेले भन्नुभयो, ‘म कम्युनिस्ट विचारधाराको मान्छे। सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचारी कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ। काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन।’

 

उहाँले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नुभयो। नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उहाँको विश्वास छ।

 

‘क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन्। यो चिजलाई नेपालका खासगरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ। निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यी व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ,’ उहाँले भन्नुभयो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button