चीनका लागि पूर्व नेपाली राजदूत: “नयाँ युगमा शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तलाई निरन्तर कार्यान्वयन गर्नुले चीनलाई ‘विश्व दक्षिणको समर्थन र प्रतिष्ठा’ जित्न मद्दत गर्ने

चालू वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव हुनुका साथै शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको औपचारिक प्रकाशन भएको ७० औँ वार्षिकोत्सव पनि हो। हालै चाइना मिडिया ग्रुपको एक पत्रकार टोलीले नेपालमा पूर्व मुख्य सचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालसँग विशेष अन्तर्वार्ता लिएको छ।

पौड्यालका अनुसार, शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्त प्रस्ताव प्रस्तुत गरेदेखि मानव जातिको साझा भाग्य समुदायको निर्माण प्रस्ताव प्रस्तुत गरेसम्म चीनले शान्तिपूर्ण विकासको मार्गमा अडिग भएर लाग्ने र विश्वप्रति चीनको मायालु भावना र ठूलो देशको जिम्मेवारीको प्रदर्शन गरेको छ। यही कुरा नेपाल-चीनको परम्परागत मित्रता र मित्रवत सहयोगको निरन्तर विकासको आधारस्तम्भ पनि हो।

पौड्यालले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तले मुलुकहरू बीचको द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा र आयाम प्रदान गरेको छ, जुन केवल नेपालका लागि मात्र होइन, सम्पूर्ण “विश्व दक्षिण” का लागि पनि महत्वपूर्ण रहेको कुरामा जोड दिनुभयो।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button