नेकपा एमालेद्वारा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति गम्भिर आपत्ति

नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति गम्भिर आपत्ति जनाएको छ।

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरोगरी असर पार्ने खालको रहेको टिप्पणी गर्नुभएको छ।

विज्ञप्तिमा भारतीय अखबार ‘दी हिन्दू‘लाई दिएको अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित र नेपालको स्वतन्त्रताप्रति पूर्णरुपमा अनादर भएको आरोप लगाइएको छ।

एमालेले प्रधानमन्त्रीको चीन भ्रमणमा जाने निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्बन भएको समेत स्मरण गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button