चिनियाँ प्रधानमन्त्री ली र नेपाली प्रधानमन्त्री ओलीबीच पैचिङमा भेटवार्ता

डिसेम्बर ३ तारिख चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका प्रधानमन्त्री केपी शर्माओलीका लागि स्वागत समारोहको आयोजना गर्नुभएको छ। स्वागत समारोहपछि दुई देशका प्रधानमन्त्रीहरु बीच भेटवार्ता भएको छ।
भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङले पारस्परिक सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका परम्परागत मित्रवत छिमेकी हुन्। सन् २०१९ मा चीन र नेपालले विकास र समृद्धि उन्मुख पुस्तौंसम्म मित्रवत रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापित गरेका थिए जसले दुई पक्षबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको सशक्त विस्तार भएको छ र दुई देशका जनताका लागि ठोस लाभ ल्याएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभई द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नयाँ रणनीतिक योजना बनाउनुभएको छ। दुई देशका नेताबीच भएका महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्न, राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ र प्रगाढ बनाउन, चीन–नेपाल सम्बन्ध र सहयोगको निरन्तर विकासलाई बढाउन एवम् साझा भविष्यसहितको चीन–नेपाल संयुक्त भाग्य समुदायको निर्माण गर्न चीन नेपालसँग मिलेर काम गर्न तयार छ।’
आपसी सहयोगबारे विस्तृत रुपमा चिनियाँ प्रधानमन्त्री लीले यसरी भन्नुभयोः नेपालको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्ग पहिल्याउन चीन दृढतापूर्वक समर्थन दिँदै जाने छ। नेपालसँग विकास रणनीतिको तालमेललाई मजबुत बनाउन, दुई देशबीच उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगको नेतृत्वदायी भूमिकालाई पूर्ण भूमिका निर्वाह गर्न, दुईतर्फी व्यापार र लगानीको परिधिलाई सक्रिय रूपमा विस्तार गर्न र बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन र सञ्चारको कनेक्टिभिटीलाई सुदृढ गर्न चीन इच्छुक छ। आउने वर्ष आपसी कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको उपलक्ष्यमा दुवै पक्षले संयुक्त रूपमा स्मरणीय गतिविधिहरूको शृङ्खला आयोजना गर्नु आवश्यक छ। पर्यटन, शिक्षा र चिकित्सा सेवामा जनस्तरको आदानप्रदान र स्थानीय सहयोगलाई प्रगाढ पार्नुपर्छ र दुई देशका जनताबीचको अझ बढी पारस्परिक समझदारीलाई बढाउनुपर्छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा नेपाल ठूलो भूमिका निर्वाह गर्न चीनले समर्थन गर्दै जाने छ र बहुपक्षीय क्षेत्रमा नेपालसँग समन्वय र सहकार्यलाई मजबुत बनाउन तयार छ।
प्रत्युत्तरमा नेपालका प्रधानमन्त्री ओलीले नेपालको अडानबारे प्रकाश पार्दै भन्नुभयोः नेपाल एक चीन सिद्धान्तमा अडिग छ र कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधि गर्न नेपालको भूमिको प्रयोग गर्न दिँदैन। नेपालले चीनलाई सधैँ भरपर्दो साझेदारका रुपमा लिँदै आएको छ र आगामी वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको मौका पारेर चीनसँगको उच्चस्तरीय आदानप्रदानलाई थप मजबुत बनाउने, कनेक्टिभिटी, व्यापार तथा लगानी, जनस्तर र सांस्कृतिक सहकार्यमा सहयोग प्रवद्र्धन गर्ने, बहुपक्षीय मामिलामा समन्वय लाई मजबुत बनाउने र द्विपक्षीय सम्बन्धको बृहत्तर विकासलाई प्रबद्र्धन गर्ने इच्छुक नेपालसँग छ।
उक्त भेटवार्तापछि दुई देशका प्रधानमन्त्रीले अर्थतन्त्र, प्रविधि, व्यापार र अन्य क्षेत्रमा द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर समारोहमा भाग लिनुभयो।
Cri